२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गोलीकाण्डपछि ट्रम्पको बयान : देशलाई फाइदा नपुर्‍याउने हरेक विदेशीलाई हटाउन आवश्यक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा भएको गोलीबारी सम्बन्धी एक बयान दिएका छन्।

उनले बाइडेन प्रशासनको समयमा अमेरिका आएका अफगानीहरूको पुनर्परीक्षणको लागि आह्वान गरेका छन्।

राष्ट्रपतिको यो बयान यस्तो समयमा आएको हो, जब वासिङ्टन डीसीमा दुई राष्ट्रिय गार्डमाथि गोली चलेको घटना भएको छ।

कानुन प्रवर्तन स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार संदिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्, जो २०२१ मा अमेरिका आएका थिए।

ट्रम्पले भने, 'अब बाइडेन प्रशासनको समयमा अफगानिस्तानबाट देशमा आएका प्रत्येक विदेशीको पुनर्जाँच गर्नु आवश्यक छ।'

उनले थप भने, 'यहाँ बस्न पाउने अधिकार नभएका वा देशलाई कुनै फाइदा नपुर्याउने हरेक विदेशीलाई देशबाट हटाउन हामीले आवश्यक सबै कदम चाल्नुपर्छ।'

प्रकाशित: ११ मंसिर २०८२ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App