२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पका मन्त्रीको आक्रामक माग : भारतले माफी मागोस्, ब्रिक्स त्यागोस्

अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले भारतले अमेरिकासँग माफी माग्नुपर्ने माग गरेका छन्। रूससँगको तेल खरिद र व्यापारको विषयमा कठोर भाषा प्रयोग गर्दै उनले भारतले बजार खोल्नुपर्ने, रूसी तेल खरिद बन्द गर्नुपर्ने र ब्रिक्सबाट बाहिरिनुपर्ने बताए। राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतमाथिको कर नीतिलाई समर्थन गर्दै लुटनिकले यी कुरा भनेका हुन्।

ट्रम्पले शुक्रबार भारत, रूस र चीनको सम्बन्धबारे कडा टिप्पणी गरेका थिए। उनले एससीओ शिखर सम्मेलन उल्लेख गर्दै भारत र रूसलाई अमेरिकाले चीनसँग गुमाएको बताएका हुन्। लुटनिकले ब्लूमबर्गसँग कुरा गर्दै भने, ‘भारतले अमेरिकासँग गरेको कामको लागि माफी माग्नुपर्छ।’ यो टिप्पणीले भारत-अमेरिका थप सम्बन्ध बिग्रन सक्ने संकेत देखिएको छ। 

लुटनिकले भने, ‘मलाई आशा छ कि भारतले एक वा दुई महिनाभित्र माफी माग्नेछ र अमेरिकासँग व्यापार वार्ता सुरु गर्नेछ। ५० प्रतिशत अमेरिकी भन्सार शुल्कले समस्यामा परेका भारतीय व्यवसायीले सरकारलाई वार्तामा फर्काउन मनाउनेछन्। भारतले दबाबमा अमेरिकासँग वार्ता गर्नुपर्नेछ।’ उनले ब्रिक्सले डलरको विकल्प खोजिरहेको भन्दै भारतले डलरलाई समर्थन गर्नुपर्ने बताए।

लुटनिकले रूसबाट तेल खरिद बढाउनु गलत भएको र पश्चिमी देशले रूसलाई अलग्याउने प्रयास गरिरहेको बेला भारतको कदम ठीक नभएको बताए। ट्रम्पको व्यापार रणनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने लुटनिक क्यान्टोर फिट्जगेराल्डका पूर्व सीईओ हुन् र ८०० भन्दा बढी व्यवसायमा उनको हिस्सेदारी छ।

प्रकाशित: २१ भाद्र २०८२ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App