अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरिरहेकामा आपत्ति जनाउँदै त्यसको बदलामा भारतीय सामानमाथि थप २५ प्रतिशत आयात कर लगाउने कार्यकारी आदेश जारी गरेका छन्।
यसले अमेरिकामा भारतबाट गरिने आयातमा कुल कर दर ५० प्रतिशत पुर्याउने छ, जुन अमेरिकाले कुनै देशमाथि लगाउने उच्चतम दरमध्ये पर्छ। यो नयाँ दर २१ दिनभित्र अर्थात २७ अगस्टदेखि लागू हुनेछ।
भारतको परराष्ट्र मन्त्रालयले बुधबार जवाफ दिँदै भनेको छ, ‘हामीले पहिले नै हाम्रो अडान स्पष्ट गरिसकेका छौँ। यो कर अन्यायपूर्ण, अविवेचित र अनुचित छ। ’त्यसै वक्तव्यमा भनिएको छ, ‘यस्ता कार्य अरू थुप्रै देशले पनि आफ्नो राष्ट्रिय हितमा गरिरहेका छन्। यस्तो अवस्थामा भारतमाथि मात्र थप कर लगाउनु दुर्भाग्यपूर्ण छ। भारतले आफ्नो राष्ट्रिय हित संरक्षण गर्न आवश्यक सबै कदम चाल्नेछ।’
राष्ट्रपति ट्रम्पले यसअघि नै चेतावनी दिएका थिए कि यदि भारतले रुसी तेल किन्न छोडेन भने उनी कर दर अझै बढाउनेछन्। उनले भनेका थिए, ‘भारतलाई कुनै मतलब छैन कि युक्रेनमा कति मानिसहरू रुसको युद्ध मेसिनबाट मारिँदैछन्।’
प्रकाशित: २२ श्रावण २०८२ ०६:३५ बिहीबार





