१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अमेरिकाले रुससँग युरेनियम किनेको ट्रम्पलाई थाहा छैन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रुससँग तेल खरिद नगर्न चेतावनी दिँदै आएका छन्। उनले भारतले अटेरी गरिरहे कर शुल्क अहिले भनिएको २५ प्रतिशतबाट बढाउने धम्की पनि दिइरहेका छन्। 

जवाफमा भारतको विदेश मन्त्रालयले अमेरिका र युरोपेली संघले रुससँग व्यापार जारी राखेको कुरा उल्लेख गर्दै आफूलाई मात्रै दण्डित गर्ने कुरा मान्य नभएको भनेको छ। भारतलाई अनुचित रूपमा निशाना बनाएको आरोप दिल्लीले लगाएको छ। 

अमेरिकाले आफ्नो परमाणु उद्योगका लागि रुसबाट युरेनियम, इलेक्ट्रिक वाहनका लागि प्यालेडियम र मल आयात गरिरहेको आरोप भारतको छ। अमेरिका आफैँ मस्कोसँग व्यापार गरिरहेका भारत भारतले रुसबाट ऊर्जा खरिद गर्दा आलोचना गर्नु दोहोरो मापदण्ड भएको भारतको ठहर छ।

 जब यो विषयमा पत्रकारले राष्ट्रपति ट्रम्पलाई ‘भारतले भन्छ कि अमेरिका आफैँ रुसबाट युरेनियम र मल किन्छ जबकि उसले रुसबाट ऊर्जा किनेकोमा भारतको आलोचना गर्छ। यसमा तपाईंको प्रतिक्रिया?’ भनेर सोधिएको थियो। जवाफमा ट्रम्पले भने, ‘मलाई यसबारे केही थाहा छैन। म यो विषयमा बुझेर तपाईंलाई जानकारी दिन्छु।’ 

रुस युक्रेन युद्धपछि मस्कोले चीन, भारतसहितका देशलाई सस्तोमा कच्चा तेल बेच्दै आएको छ।

प्रकाशित: २१ श्रावण २०८२ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App