२५ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानसँगको युद्धविराम ‘विश्व शान्तिको लागि ठूलो दिन’ : ट्रम्प

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्धविरामलाई जितको रूपमा प्रस्तुत गर्दै यो ‘विश्व शान्तिको लागि ठूलो दिन’ भएको बताएका छन्।

‘इरान चाहन्छ कि यो होस्’ ट्रम्पले ट्रुथ सोशलमा लेखे। अमेरिकाले होर्मुजको जलमार्ग आवागमन सहज बनाउन मद्दत गर्ने बताए। इरानले पनि सो मार्ग पुनः खोल्न सहमति जनाएको छ।

ट्रम्प भन्छन्, ‘धेरै सकारात्मक कार्यहरू हुनेछन्। ठूलो पैसा कमाइनेछ। इरानले पुनर्निर्माण प्रक्रिया सुरु गर्न सक्छ।’ उनले थपे, ‘हामी सबै प्रकारका आपूर्तिहरूले भरिनेछौँ, र सबै कुरा ठीकठाक छ भनी सुनिश्चित गर्न यतातिरै बस्नेछौ।’

उनका अनुसार यो मध्य पूर्वको स्वर्ण युग हुन सक्छ। एएफपीसँगको अन्तर्वार्तामा ट्रम्पले यसलाई ‘पूर्ण विजय’ को संज्ञा दिएका छन्। उनले सम्झौता अन्तर्गत इरानको युरेनियम भण्डारको ‘पूर्ण रूपमा हेरचाह’ गरिने र चीनले वार्तामा मद्दत गरेको जानकारी दिए।

यसैबिच, तेहरानमा उत्सव मनाइएको छ। इराकको इस्लामिक प्रतिरोधले पनि युद्धविराम पालना गर्ने बताएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसको स्वागत गरेका छन्।

यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले यसमा ‘लेबनान समावेश छैन’ भनेको छ। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले लेबनानसहित सबै क्षेत्रमा युद्धविराम लागू हुने बताएका थिए। 

अर्कोतर्फ, अमेरिकामा डेमोक्र्याटिक सांसदहरूले ट्रम्पको अभिव्यक्तिको विरोध गर्दै उनीमाथि महाभियोग लगाउन माग गरिरहेका छन्। एजेन्सी 

प्रकाशित: २५ चैत्र २०८२ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App