इरानको राजभानी तेहरानको सडकमा युद्धका विभिन्न तस्बिरहरु कोरिएको छ। तेहरानको मुख्य सडकमा र भित्तामा अमेरिका र इजरायलको विरोधमा विभिन्न तस्बिरहरु कोरिएका छन्।
तेहरानको मुख्य सडकको विज्ञापन बोर्डमा ट्रम्पको तस्बिर देख्न सकिन्छ। जसमा उनको जुँगालाई स्ट्रेट अफ होर्मुज बनाइएको छ।

यस्तै, अर्को चित्रमा संयुक्त राज्य अमेरिकालाई लापरवाह वा कमजोरको रूपमा चित्रण गर्न सोफामा सुतिरहेको डोनाल्ड ट्रम्पको कार्टुन बनाइएको छ। तस्बिरमा फारसी भाषामा लेखिएको छ, ‘अमेरिकाको शक्ति कमजोर भएको छ र यसका निर्णयहरू गलत दिशामा गइरहेका छन्।’

त्यसैगरी तेहरानको मुख्य सडकमा अमेरिका र इजरायलको झण्डा बनाईएको छ। झण्डामाथि गाडिहरु गुडिरहेका छन्।
यस्तै, अर्को तस्बिरमा ट्रम्पको व्यंग्य गरिएको छ। तस्बिरमा ट्रम्पको नाक धेरै लामो कोरिएको छ, र त्यसमा कालो काग बसेको छ। यसको अर्थ ट्रम्प झूट बोल्छन् वा विश्वास गर्न सकिँदैन भन्ने बुझाउन खोजिएको छ। पोस्टरमा फारसी भाषामा लेखिएको छ, ‘अमेरिकाले आतंकवादसँग लड्ने नाममा संसारमा हस्तक्षेप गर्छ, तर वास्तवमा यसले आफ्नो शक्ति र प्रभाव बढाउन खोज्छ।’
प्रकाशित: २३ वैशाख २०८३ ०९:४३ बुधबार





