१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि एक अगस्तदेखि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसमार्फत भारतले उच्च कर र गैर–आर्थिक व्यापार अवरोधहरू लगाएको, रूसबाट अधिकांश सैन्य उपकरण र ऊर्जा खरिद गरेको भन्दै यो निर्णय लिएको बताएका छन्। 

ट्रम्पले लेखेका छन्, ‘भारत हाम्रो मित्र हो, तर उनीहरूको कर विश्वमै सबैभन्दा उच्च छ र व्यापार अवरोधहरू जटिल छन्। साथै, उनीहरूले रूसबाट ठूलो मात्रामा हतियार र ऊर्जा खरिद गर्छन्, जुन युक्रेन युद्ध रोक्न चाहने विश्वको चाहनाविपरीत छ।’ 

Image

अमेरिका र भारत लामो समयदेखि व्यापार सम्झौताका लागि वार्ता गरिरहेका छन्। उनले पटक पटक भारतसँग सम्झौताको नजिक रहेको दाबी पनि गर्दै आएका थिए। एजेन्सी

प्रकाशित: १४ श्रावण २०८२ १८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App