१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिन-जेलेन्स्की भेटवार्ताको तयारीमा ट्रम्प प्रशासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रसी राष्ट्रपति पुटिनबीचको ऐतिहासिक बैठकको तयारी गरिरहेको छ। 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्यूजलाई उक्त कुराको जानकारी दिएका हुन्। उनले भने, 'यदि यो बैठक सफल भयो भने त्यसपछि ट्रम्प, पुटिन र जेलेन्स्कीबीच त्रिपक्षीय बैठक हुन सक्छ।'

उनले भने, 'हामी अझै त्यहाँ पुगेका छैनौं, तर यो हाम्रो लक्ष्य हो। आज हामीले यो कसरी हासिल गर्ने भन्ने बारेमा छलफल गर्यौं।'

रुबियोले भने, 'पुटिनले 'हो, म जेलेन्स्कीलाई भेट्नेछु' भन्नु आफैंमा ठूलो कुरा हो। म यो भनिरहेको छैन कि उनीहरू साथी बन्नेछन् वा शान्ति सम्झौता हुनेछ, तर मानिसहरू अब एकअर्कासँग कुरा गरिरहेका छन्, यो पछिल्लो साढे तीन वर्षमा भएको छैन।'

प्रकाशित: ३ भाद्र २०८२ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App