अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन नीतिले विवाद निम्त्याएको छ। बोस्टनबाट थ्याङ्क्सगिभिङका लागि टेक्सासस्थित परिवारलाई आश्चर्यचकित ‘सरप्राइज’ पार्न उड्न लागेकी १९ वर्षीया कलेजकी छात्रा एनी लुसिया लोपेज बेलोजालाई अदालतको आदेश उल्लङ्घन गर्दै होन्डुरस निर्वासित गरिएको छ।
लोपेज बेलोजा ब्याबसन कलेजमा व्यवसाय ‘बिजनेश’ अध्ययन गरिरहेकी थिइन्। उनी विमान चढ्न लागेको बेला बोर्डिङ पासमा समस्या भएको भन्दै अध्यागमन अधिकारीहरूले हिरासतमा लिएका थिए। दुई दिनभित्रै उनलाई टेक्सास हुँदै होन्डुरस पठाइयो।
उनका वकिल टोड पोमेरलेउले भने, ‘उनी एकदमै दुखी छिन्। उनको कलेजको सपना भर्खरै चकनाचुर भएको छ।’ पोमेरलेउका अनुसार लोपेज बेलोजालाई सन् २०१५ मा निर्वासनको आदेश दिइएको थियो। तर उनलाई यसबारे कुनै जानकारी थिएन।
उनले फेला पारेको रेकर्डले मुद्दा सन् २०१७ मा बन्द भएको देखाउँछ। वकिलले भने, ‘उनीहरूलाई एक दशकअघि भएको दाबी गरिएको कुराको लागि जिम्मेवार ठहराइएको छ जसबारे उनी पूर्ण रूपमा अनभिज्ञ छिन्। कुनै प्रमाण पनि देखाइएको छैन।’
पक्राउ परेको भोलिपल्टै संघीय न्यायाधीशले आपतकालीन आदेश जारी गर्दै ७२ घण्टासम्म म्यासाचुसेट्स वा अमेरिकाबाट बाहिर नपठाउन सरकारलाई निर्देशन दिएका थिए। तर पनि नोभेम्बर २२ मा निर्वासन गरियो।
होन्डुरसमा हजुरबुबा-हजुरआमासँग बस्दै गरेकी लोपेज बेलोजाले भनिन्, ‘म आफ्ना आमाबुबा र साना बहिनीहरूलाई आफ्नो पहिलो सेमेस्टरको व्यवसाय अध्ययनको बारेमा बताउन उत्सुक थिएँ। त्यो मेरो सपना थियो। म सबै कुरा गुमाउँदै छु।’
लोपेज बेलोजा सात वर्षको उमेरमा होन्डुरस छोडेर अमेरिका पुगेकी थिइन्। यो घटना थ्याङ्क्सगिभिङको एक दिनअघि (नोभेम्बर २०, २०२४) भएको थियो। एजेन्सी
प्रकाशित: १४ मंसिर २०८२ १२:५३ आइतबार


-600x400.jpg)


