३ असार २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा प्रहरीमाथि आक्रमणको तयारीमा रहेका तीन जना मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले सञ्चालन गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा तीन आतंककारी मारिएका छन्।  

प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले आतंककारीले आक्रमणको योजना बनाइरहेको तथा कानून प्रवर्तन निकायका कर्मचारीको आवागमनमा अवरोध पुर्‍याउन चेकपोस्ट स्थापना गरेको सूचना प्राप्त गरेपछि कोहट जिल्लाको शकरदरा रोड क्षेत्रमा उक्त कारबाही सञ्चालन गरिएको हो।  

सुरक्षा टोली घटनास्थलमा पुगेपछि आतङ्ककारीले गोली चलाएका थिए। त्यसपछि भएको दोहोरो भिडन्तमा तीन आतङ्ककारी मारिएका थिए भने उनका केही सहयोगी फरार भएका थिए। 

विज्ञप्तिअनुसार सुरक्षा बलले मारिएका आतङ्ककारीबाट तीनवटा राइफल, नौवटा म्यागजिन तथा ठूलो परिमाणमा गोलीगठ्ठा बरामद गरेको छ। मृतकको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ।  

फरार भएका संदिग्धको खोजी तथा पक्राउका लागि खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।   

प्रकाशित: ३ असार २०८३ १७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App