१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडामा क्याफे खोलेकोमा कपिललाई धम्की

खालिस्तानी आतङ्ककारी गुरपतवंत सिंह पन्नूले कमेडियन कपिल शर्मालाई क्यानडामा क्याफे खोलेको भन्दै धम्की दिएका छन्। पन्नूले भिडियोमार्फत भनेका छन् कि, ‘कपिल आफूलाई हिन्दुवादी बताउँछन्  त्यसैले उनको क्याफेमा फेरि पनि गोली चल्न सक्छ र त्यसको दोष खालिस्तानी समर्थकमाथि थोप्न सकिन्छ ’। कपिल शर्माको क्याफेमा गोली प्रहारपछि आतङ्ककारी गुरपतवंत सिंह पन्नूले भिडियो जारी गर्दै उनलाई धम्की दिएका हुन्।  

९ जुलाईमा क्यानडाको सर्रे सहरमा रहेको कपिल शर्माको क्याफेमा गोली प्रहार भएको थियो। उनले ७ जुलाईमा  क्याफेको  उद्घाटन गरेका थिए। दाबी गरिएको अनुसार आक्रमणकारीहरूले क्याफेमा ९ राउन्ड गोली चलाएका थिए। यसको भिडियो पनि सार्वजनिक भएको थियो।

‘भारतका मानिसहरूले क्यानडाको सर्रे सहरमा लगानी गरिरहेका छन्। के कपिलको क्याफे साँच्चिकै एक कमेडी क्याफे हो?, ’पन्नूले  भनेका छन्, ‘कि यो हिन्दुत्वको विश्वव्यापी विस्तारको रणनीति हो?।

प्रकाशित: २९ असार २०८२ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App