१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकामा हजार अवैध खानी मजदुर पक्राउ

दक्षिण अफ्रिकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको सुन खानीमा काम गर्ने करिब एक हजार अवैध आप्रवासी मजदुर पक्राउ परेका छन्।  

प्रहरीका अनुसार म्पुमालांगा प्रान्तको बार्बरटन गाउँ नजिकको खानी क्षेत्रमा एक साता चलेको अपरेशनमा यी मजदुर पक्राउ परेका हुन्। खानी क्षेत्र वर्षौंदेखि गोप्य रूपमा अवैध रूपमा सञ्चालन भएको जनाइएको छ।  

प्रहरी प्रवक्ता डोनाल्ड म्ड्लुलीले भने, ‘अझै केही अवैध खानी मजदुर भित्र लुकेका छन्। सतहमा निस्कनासाथ नियन्त्रणमा लिइनेछ।’  

खानी सञ्चालक कम्पनी बार्बरटन माइनसले विगतमा घाटाका कारण कर्मचारी हटाउँदा स्थानीय समुदायमा आक्रोश फैलिएको बताए। तर पछि भित्र अवैध रूपमा खानी सञ्चालन भएको थाहा भएपछि प्रहरी र सुरक्षा निकायले संयुक्त रूपमा कारबाही सुरु गरेका हुन्।  

कम्पनीले भनेको छ, ‘खानीभित्र अवैध रूपमा खाद्य र अन्य सामग्री पुर्‍याइँदै आएको थियो। यसलाई रोक्न यो अपरेशन आवश्यक थियो।’  

प्रहरीले अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ। गत वर्ष जोहान्सबर्ग नजिकको स्टिलफोन्टेन क्षेत्रमा गरिएको यस्तै कारबाहीमा ९० जना अवैध खानी मजदुरको ज्यान गएको थियो।  

यसपटक पनि प्रहरीले खानीलाई चारैतिरबाट घेराबन्दी गर्दै भित्र आपूर्ति रोक्ने रणनीति अपनाएको थियो, जसले गर्दा भित्र रहेका मजदुर बाहिर आउन बाध्य भएका थिए। एएफपी

प्रकाशित: १७ श्रावण २०८२ १६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App