७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले जुनसुकै बेला इरानमाथि हमला गर्न सक्ने

अमेरिका र इरानबीच तनाव अत्यन्तै तीव्र रूपमा बढेको छ। अब आउने दिन वा हप्ताहरूमा ठूलो सैन्य टकराव हुन सक्ने अवस्था देखिएको छ। अमेरिकी समाचार एजेन्सीको रिपोर्टअनुसार, यदि अमेरिकाले सैन्य कारबाही गर्छ भने त्यो सानो वा प्रतीकात्मक हमला हुने छैन। बरु, धेरै हप्तासम्म चल्ने ठूलो सैन्य अपरेसन हुनेछ। ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा आगामी हप्ताहरूमा हमलाको सम्भावना ९० प्रतिशतसम्म रहेको उल्लेख गरिएको छ।

रिपोर्टमा भनिएको छ कि यो अपरेसन गत महिना भेनेजुएलामा गरिएको सीमित कारबाहीभन्दा निकै ठूलो हुनेछ। सम्भवतः यो कारबाही इजरायलसँग मिलेर गरिनेछ। यसको निशाना इरानको परमाणु तथा मिसाइल संरचना हुन सक्ने बताइएको छ।

इजरायली अधिकारीः संघर्षको उच्च सम्भावना

इजरायलको सैन्य गुप्तचर एजेन्सीका पूर्व प्रमुख आमोस यादलिनले टकराव पहिलेभन्दा धेरै नजिक पुगेको बताएका छन्। उनका अनुसार अवस्था तीव्र रूपमा बिग्रँदै गएको छ, तर कुनै महाशक्तिले केही दिनमै युद्ध सुरु गर्दैन। कूटनीतिक विकल्प अझै पूर्ण रूपमा समाप्त भइसकेको छैन।

यादलिनले धेरै मानिसहरू हमलाको विपक्षमा रहेको र पेन्टागनसमेत यस कारबाहीबाट के हासिल गर्न चाहन्छ भन्नेबारे पूर्ण रूपमा स्पष्ट नभएको बताए। तर राष्ट्रपति दृढ देखिएको उनको भनाइ छ। ट्रम्पको ‘सबै विकल्प खुला छन्’ भन्ने अभिव्यक्तिले वास्तविक सैन्य तयारीतर्फ संकेत गरेको उनले उल्लेख गरेका छन्। एजेन्सी

प्रकाशित: ७ फाल्गुन २०८२ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App