२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कम्बोडियाली सेनाको गोलीबारीमा १२ थाई नागरिकको मृत्यु

बिहीबार बिहान थाइल्याण्ड र कम्बोडियाको सीमामा गोलाबारी भएको छ। कम्बोडियाली सैनिकहरूले गरेको गोलीबारीमा १२ थाई नागरिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

थाइल्याण्डले कम्बोडियाली सैन्य अड्डाहरूमा हवाई आक्रमण सुरु गरेर प्रतिक्रिया जनाएको छ। दुवै देशले एकअर्कालाई पहिले आक्रमण गरेको आरोप लगाएका छन्।

कम्बोडियाको विदेश मन्त्रालयले बिहान थाई सेनाले गोली चलाएको आरोप लगाएको छ भने थाई सेनाले कम्बोडियाले पहिले ड्रोन र त्यसपछि तोपखाना र लामो दूरीको बिएम२१ रकेटले आक्रमण गरेको बताएको छ।

आक्रमणलाई ध्यानमा राख्दै थाइल्याण्डले सीमामा एफ-१६ लडाकु विमान तैनाथ गरेको छ। यस वर्षको मे २८ मा सीमामा दुई देशका सेनाबीच झडप भएको थियो, जसमा एक कम्बोडियन सैनिकको मृत्यु भएको थियो।

त्यस बेलादेखि दुई देशबीचको विवाद जारी छ। यही विवादका कारण इन्डोनेसियाका प्रधानमन्त्री प्योतोङ्टार्न शिनावात्रालाई पनि पदबाट हटाइएको थियो। एजेन्सी

प्रकाशित: ९ श्रावण २०८२ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App