गाजामा रहेको हमास स्वास्थ्य मन्त्रालयले कुपोषणका कारण मृत्यु भएका व्यक्तिहरूको संख्याको बारेमा एक विज्ञप्ति जारी गरेको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा अनिकाल र कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको जनाएको छ।
यसबाहेक खानाको अभावमा मृत्यु हुनेहरूमा ८३ बालबालिका पनि छन्।
यस हप्ताको सुरुमा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको २१ लाख जनसंख्याले आधारभूत आपूर्तिको गम्भीर अभावको सामना गरिरहेको, कुपोषण "बढ्दो" र गाजामा "भोकमरीले हरेक ढोका ढकढक्याइरहेको" बताएका थिए। एजेन्सी
प्रकाशित: १० श्रावण २०८२ ०७:१० शनिबार





