कोल्डप्ले कन्सर्टमा देखाइएको भिडियो भाइरल भएपछि अमेरिकी प्रविधि कम्पनी एस्ट्रोनोमरले आफ्ना दुई कर्मचारीलाई बिदामा पठाएको छ।
भाइरल भिडियोमा कोल्डप्ले कन्सर्टका क्रममा दुवै कर्मचारीहरू ठूलो पर्दामा एकअर्कालाई अँगालो हालेको देखिन्थ्यो। तर, पर्दामा देखा पर्ने बित्तिकै उनीहरूले आफूलाई लुकाउने प्रयास गरेका थिए।
शुक्रबार कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सीईओ एन्डी बायर्नलाई बिदामा पठाइएको जानकारी दिएको हो।
'या त उनीहरूबीच अफेयर चलिरहेको छ, या त उनीहरू धेरै लजालु छन्,' कोल्डप्लेका प्रमुख गायक क्रिस मार्टिनले यो जोडी ठूलो पर्दामा लुकेर बसेको देखिएपछि भीडलाई भने।
यो भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा भाइरल भयो र लाखौंले हेरेका छन्।
यो भिडियो भाइरल भएको दुई दिनपछि एस्ट्रोनोमरले यस विषयमा अनुसन्धान गर्ने घोषणा गरे। यद्यपि, पोस्टमा भाइरल भिडियोको उल्लेख गरिएको थिएन।
कम्पनीका सह-संस्थापक तथा प्रमुख उत्पादन अधिकृत पिट डेजोयलाई सीईओ नियुक्त गरिएको छ। एजेन्सी
प्रकाशित: ३ श्रावण २०८२ ०९:२५ शनिबार





