२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलको हमलामा हिज्बुल्लाहका एक वरिष्ठ कमाण्डरको मृत्यु

इजरायली सेनाले लेबनानको राजधानी बेइरुटको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको छ। यस आक्रमणमा हिज्बुल्लाहका एक वरिष्ठ कमाण्डर मारिएका छन्। युद्धविराम जारी भइरहे पनि इजरायलले यो हमला गरेको हो।

इजरायलले हैथम अली अल–तब्तबाईलाई हिज्बुल्लाहको ‘चीफ अफ स्टाफ’ भनेको छ र उनी संगठनका पुराना सदस्य तथा महत्वपूर्ण पदहरूमा रहेर काम गरेको दाबी गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यो हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ र २८ जना घाइते भएका छन्। आक्रमण घना आबादी भएको दहियाह क्षेत्रको एक आवासीय भवनमा गरिएको थियो। हिज्बुल्लाहले तब्तबाईको मृत्युको पुष्टि गर्दै इजरायलले ‘रातो रेखा’ पार गरेको आरोप लगाएको छ।

यो हमला त्यतिबेला भएको हो जब इजरायलले हिज्बुल्लाहसँग जोडिएका मानिने व्यक्तिहरू र स्थानहरूलाई निशाना बनाउने कारबाही तीव्र पारेको छ। एजेन्सी

प्रकाशित: ८ मंसिर २०८२ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App