१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तान्जानियामा विवादित चुनावबाट सामिया पुनः राष्ट्रपति निर्वाचित

तान्जानियामा अशान्तिका बिच भएको निर्वाचनमा राष्ट्रपति सामिया सुलुहु हसन विजय भएकी छन्। निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत प्राप्त गरेकी छन्।

निर्वाचन आयुक्तका अनुसार बुधबारको मतदानमा तीन करोड ७६ लाख पञ्जीकृत मतदातामध्ये ८७ प्रतिशत अर्थात् तीन करोड २० लाखले मतदान गरे। यीमध्ये करिब तीन करोड १९ लाख मत सामियालाई प्राप्त भयो।

निर्वाचन परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरे।

मुख्य विपक्षी उम्मेदवारहरूलाई देशद्रोहको आरोपमा जेल हालिएको वा कानुनी प्राविधिक कारणले उम्मेदवारी रोकिएकाले विपक्षी दल र पर्यवेक्षकहरूले चुनावको आलोचना गरे।

विगतमा चुनावको पारदर्शिताविरुद्ध देशका धेरै भागमा हिंसा भएको थियो। सयौँ मारिए, सयौँ घाइते भए। चुनावअघि र समयमा विरोध प्रदर्शन हुँदा इन्टरनेट बन्द भयो, ठुलो संख्यामा मृत्यु र घाइते भएको रिपोर्ट आयो। सरकारले सेना परिचालन गरी कर्फ्यु लगायो।

देशभरि इन्टरनेट काटिएको छ। इन्टरनेट नहुँदा मृतकको वास्तविक संख्या पुष्टि गर्न कठिन भएको छ। मुख्य विपक्षी दल चाडेमाले अक्टोबर २९ देखिको विरोधमा मृतक संख्या ‘लगभग सातदेखि आठ सयसम्म पुगेको रिपोर्ट गरेको छ। उनीहरूले पार्टी सदस्य र स्वास्थ्यकर्मीहरूको सञ्जालबाट तथ्याङ्क संकलन गरेका थिए।

निर्वाचनपछि सरकारले हिंसाको मात्रा कम गर्न कर्फ्यु लगाएको छ। एक कूटनीतिक स्रोतले कम्तीमा पाँच सय जनाको मृत्यु भएको विश्वसनीय प्रमाण रहेको बताएको छ। एमनेस्टी इन्टरनेशनलसँग कम्तीमा सय जना मारिएको जानकारी थियो। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले धेरै सहरमा कम्तीमा १० जना मारिएको विश्वसनीय रिपोर्ट रहेको बताएको छ।

तान्जानियाली सरकारले अत्यधिक बल प्रयोग गरेको कुरा अस्वीकार गरेको छ। विपक्षीले मृत्यु संख्यालाई ‘अत्यन्तै बढाइचढाइ गरेको’ भनेर खारेज गरेको छ। विदेशमन्त्री महमूद थाबित कोम्बोले सरकारसँग कुनै पनि मृतकको जानकारी नभएको भन्दै केही छिटपुट घटनाका रूपमा वर्णन गरेका छन्। एजेन्सी

प्रकाशित: १६ कार्तिक २०८२ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App