२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी ड्रोनको खतरा : पोल्याण्डमा बेलायती विमानद्वारा गस्ती

बेलायतको रक्षा मन्त्रालयले रुसी ड्रोनले पोल्याण्डको हवाई क्षेत्र उल्लङ्घन गरेपछि नेटोको हवाई रक्षा अभियानमा बेलायती लडाकु विमान सहभागी भएको जानकारी दिएको छ।  

शुक्रबार राति पूर्वी सीमाना बलियो बनाउन टाइफुन लडाकु विमान पोल्याण्डको आकाशमा तैनाथ गरिएको थियो। मन्त्रालयले भनेको छ, ‘पोलिस आकाशमा गस्ती गर्न र रुसबाट हुने हवाई खतराहरू रोक्न दुई टाइफुन विमान उडेका थिए।’  

यो अभियान नेटोको अपरेशन इस्टर्न सेन्ट्रीका लागि थियो, जुन सेप्टेम्बर १० मा रुसी उल्लङ्घनपछि सुरु भएको हो। बेलायत, डेनमार्क, फ्रान्स र जर्मनी यसमा सहभागी छन्।  

मन्त्रालयले यो अभियान ‘पोलिस हवाई क्षेत्रमा रुसी ड्रोनको खतरनाक घुसपैठ’ पछि भएको र नेटोप्रति बेलायतको प्रतिबद्धता ‘अटल’ रहेको दाबी गरेको छ। 

रुसमाथि पोल्याण्ड, रोमानिया र इस्टोनियाको हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप छ। तर मस्कोले अस्वीकार गरेको छ। सेप्टेम्बर ९ मा पोल्याण्डले रुसी ड्रोन खसालेको भनेको थियो। सैन्य गठबन्धनले मस्कोको व्यवहारलाई ‘खतरनाक’ भनेको छ। शुक्रबार इस्टोनियाले रुसी मिग-३१ विमानलाई रोकेको जनाएको थियो। 

प्रकाशित: ५ आश्विन २०८२ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App