सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत बलरा नगरपालिकाको जब्दी मतदान केन्द्रमा पुन : मतदान सुरु भएको छ।
श्री प्रावि जबदी मतदान केन्द्रमा एक जना वृद्धले आफन्त बाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएर मतदान रोकिएको थियो।
रास्वपा र काङ्ग्रेस समर्थक पोलिएजेन्ट बिच मतदान केन्द्र भित्र बववाद चर्किएपछि करिब ५४ मिनेट मतदान रोकिएको थियो।
जबदी प्राबिको मतदान रोकिएपछि प्रमुख जिल्ला अधिकारी रामुराज कँडरिया सहितको उच्चस्तरिय सुरक्षा अधिकारी टिमले छलफल गरि मतदान केन्द्र भित्र देखिएको विवाद समाधान गरेर पुनः मतदान सञ्चालन भइरहेको जनाएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:०८ बिहीबार





