२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन सुरक्षा ग्यारेन्टीसम्बन्धी वार्तामा मस्कोलाई पनि समावेश गर्नुपर्ने रुसको भनाइ

युक्रेन सुरक्षा ग्यारेन्टी सम्बन्धी वार्तामा मस्कोलाई पनि समावेश गर्नुपर्ने रुसको भनाइ सार्वजनिक भएको छ। रुसका परराष्ट्रमन्त्री सर्गेई लाव्रोभले यूक्रेनसँग सम्बन्धित सुरक्षा सुनिश्चितताको विषयमा आफ्नो मुलुकको प्रश्नहरू रुसको सहभागिता विना समाधान गर्ने प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्। 

‘यूक्रेनसँग सम्बन्धित सुरक्षा सुनिश्चितताका प्रश्नहरू रुसको सहभागिता विना समाधान गर्ने प्रस्ताव हामी स्वीकार गर्न सक्दैनौं,’ उनले भनेका छन्, ‘यस्तो प्रयासले काम गर्न सक्दैन।’ उनले रुसलाई बाहिर राखेर गम्भीर रूपमा सुरक्षा विषयहरू छलफलले कहीँ नपुराउन उनले सुनाए। रसियालाई बाहिर राखेर गरिने बैठके केवल एक भ्रम हो, ’उनले भने, ‘त्यो मार्ग अन्त्यसम्म पुग्दैन।’

‘कुनै सम्भावित सम्मेलन जसमा पुटिन र जेलेन्स्कीबीच सम्भावित भेट हुनसक्छ, लाव्रोभले थप भने, ‘अत्यन्त सावधानीपूर्वक’ तयारी गर्नुपर्दछ, ताकि यस बिचार–बैठकले समस्या झन् बिग्रिने जोखिम नगरोस्।’

प्रकाशित: ५ भाद्र २०८२ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App