रुसले सोमबार राति धेरै युक्रेनी शहरहरूमा भीषण आक्रमण गरेको छ। आक्रमणका क्रममा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
युक्रेनको डिनिप्रोमा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। यसैगरी, किभमा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
गत महिना युक्रेनको रुस-कब्जामा रहेको एक होस्टेलमा ड्रोन आक्रमणमा २१ जनाको मृत्यु भएपछि गत हप्ता रुसले त्यसो गर्न जारी राख्ने चेतावनी दिएको थियो।
किभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई आश्रयस्थलमा बस्न अपील गरेका छन्।
कीभको शहर सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले शत्रुले ब्यालिस्टिक क्षेप्यास्त्रले आक्रमण गरिरहेको बताए।
प्रकाशित: १९ जेष्ठ २०८३ ११:२४ मंगलबार





