२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लालकिल्ला बम विस्फोट प्रकरण : कश्मीर टाइम्सको कार्यालयमा छापा

दिल्लीको लालकिल्ला नजिकै भएको बम विस्फोटको अनुसन्धानका क्रममा भारतीय सुरक्षा निकायले कश्मीर टाइम्सको जम्मूस्थित मुख्यालयमा छापा मारेका छन्।

यसअघि फरीदाबादबाट २९ सय किलो विस्फोटक पदार्थ बरामद भएको थियो भने हरियाणा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीरबाट धेरै डाक्टरहरू पक्राउ परेका छन्। अनुसन्धानले यी सबै घटना एउटै आतंकवादी सञ्जालसँग जोडिएको देखाएको छ।

१० नोभेम्बरमा दिल्लीको लालकिल्ला नजिकै एउटा कार विस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको थियो भने २० भन्दा बढी घाइते भएका थिए।

प्रहरीका अनुसार बन्द रहेको कश्मीर टाइम्सको कार्यालयबाट एके–४७ का जीवित र खाली कारतूस, रिभल्भर, ग्रेनेडका सामान र राष्ट्र विरोधी कागजात बरामद भएको छ।

कश्मीर टाइम्सका सम्पादक प्रबोध जामवाल र अनुराधा भसीनले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘यो कार्यालय चार वर्षदेखि बन्द छ र सञ्चालनमा छैन। हामीमाथि लगाइएका आरोप पूरै आधारहीन छन्। हामीलाई चुप लगाउने र डराउने अर्को प्रयास मात्र हो।’

उनीहरूले थपेका छन्, ‘सरकारको आलोचना गर्नु देशद्रोह होइन। सन् १९५४ देखि स्वतन्त्र पत्रकारिताको झण्डा बोकेको संस्थामाथि यो हमला प्रेस स्वतन्त्रतामाथिकै हमला हो। हामी सत्य बोल्न कहिल्यै पछि हट्ने छैनौं।’

प्रहरीले अनुसन्धान जारी राखेको छ भने कश्मीर टाइम्स डिजिटल माध्यमबाट आफ्नो काम निरन्तर गरिरहेको छ। एजेन्सी

प्रकाशित: ५ मंसिर २०८२ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App