२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति भवनमा पुटिनलाई झोल मःमः

राष्ट्रपति भवनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्मानमा राष्ट्रपति द्रौपदी मुर्मूले भव्य स्टेट डिनरको आयोजना गरिन्। यो डिनर पुटिनको दुईदिने भारत भ्रमणको अन्तिम दिन आयोजित गरिएको हो। खानाको मेन्यू पूरै भारतीय क्षेत्रीय परिकारहरूले सजाइएको थियो।

डिनरको सुरुवात दक्षिण भारतीय मुरुंगेकै चारू (रसम) सूपबाट गरियो। त्यसपछि स्टार्टरमा कश्मीरी गुच्छी दून चेटिन (कश्मीरी अखरोटको चटनीसँग स्टफ गरिएको च्याउ), कालो चनाको सिकम्पुरी कबाब र भेज झोल मःमःपनि थियो।  

मुख्य परिकारमा पुटिनलाई एक वेज थाली दिइयोे, जसमा जाफरानी पनीर रोल, पालक–मेथी–मटर सागसँगै विभिन्न प्रकारका रोटी समावेश थिए।

मिठाइमा हलुवा, कुल्फी र राखिएको थियो। यसैबीच, प्रधानमन्त्री मोदीले पुतिनलाई चाँदीको घोडा, मार्बल चेस सेट सहित ६ विशेष उपहार दिए। एजेन्सी

प्रकाशित: २१ मंसिर २०८२ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App