९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

विद्युत सर्ट भइ आगलागी हुँदा तीन घर जलेर नष्ट

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा सोमबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।  

स्थानीय किसुनदेव मण्डलको घरमा आगलागी हुँदा उनका तीन वटा घर जलेको प्रहरीले जनाएको छ।  

विद्युत सर्ट भइ आगो लागेको जनाइएको छ। सो आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।  

स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुन यन्त्रले आगो निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस 

प्रकाशित: ९ चैत्र २०८२ १७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App