४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, २६ जनाको मृत्यु

मंगलबार राति फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा धेरै भवनहरू भत्किएका छन् भने कम्तिमा २६ जनाको मृत्यु भएको छ। साथै १४७ जना घाइते भएका छन्।

भग्नावशेषमुनि पुरिएका मानिसहरूलाई उद्धार गर्ने काम जारी रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यस भूकम्पको केन्द्रबिन्दु सेबु प्रान्तको बोगो शहरबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा थियो र गहिराइ लगभग १० किलोमिटर थियो।

सुरुमा सुनामीको चेतावनी जारी गरिएको थियो, तर पछि फिर्ता लिइयो।

प्रभावित क्षेत्रहरूमा राहत र उद्धार टोलीहरू खटाइएका छन् र स्थानीय प्रशासनले मानिसहरूलाई सतर्क रहन अपील गरेको छ।

सेबुकी गभर्नर पामेला बारिकुआत्रो मंगलबार बोगो शहर आइपुगेकी छिन् र त्यहाँ राहत केन्द्र स्थापना गर्ने काम सुरु भएको छ।

प्रकाशित: १५ आश्विन २०८२ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App