अफगानिस्तानका कप्तान रसिद खान टी– २० क्रिकेटमा ७ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। सोमबार यूएईविरुद्धको जारी खेलमा यूएईका मोहम्मद अरफानलाई आउट गरेर उनले टी– २० क्रिकेटमा इतिहास रच्न सफल भएका हुन्।
उनले १६औँ ओभरमा अरफानलाई हिट विकेट आउट गर्दा आफ्नो ऐतिहासिक विकेट लिए, जुन रसिदको अन्तिम ओभर थियो।उनले हालसम्म ५ सय १८ टी– २० क्रिकेट खेलेका छन्। एजेन्सी
प्रकाशित: ४ फाल्गुन २०८२ १३:५९ सोमबार





