१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जुत्ता चप्पल उद्योगमा ओली, आन्तरिक उत्पादनलाई प्रोत्साहन बढाउने प्रतिबद्धता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेका छन्।

दमक-४ मा रहेको एक्सन फुट वेरमा काम गर्ने २५० भन्दा बढी मजदुरहरूलाई उनले प्रत्यक्ष भेट गरेका हुन्।

सो अवसरमा उनले यहाँको उत्पादनको प्रकार, स्थिति र बजारको सम्भावनाका बारेमा अध्यक्ष ओलीले जानकारी लिएका थिए। सञ्चालक चुडामणि कार्कीले यहाँ उत्पादन भएका जुत्ता चप्पल नेपाल भर वितरण गर्ने गरेको र माग अनुसार अझै उत्पादन बढाउन नसकिएको अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।

आन्तरिक उत्पादनलाई  प्रोत्साहन गर्दै बजार बढाउने र रोजगारी सृजना गर्ने काममा आफू लागिपर्ने सो अवसरमा अध्यक्ष ओलीले बताए।

आसन्न निर्वाचनका लागि प्रचारको अन्तिम दिन उनले आज स्थानीय उद्योग र त्यहाँ काम गर्ने मजदुरसँग भेट गरे।

झापा ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार समेत रहेका ओली अहिले चुनावी अभियान अन्तर्गत घरदैलोमा व्यस्त रहेका छन्।

आजै उनी झापा ५ का विभिन्न स्थानमा जाने र मतदाता भेट्ने काममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०८२ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App