१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

टि-२० विश्वकप : यूएईले अफगानिस्तानलाई दियो १६१ रनको लक्ष्य

जारी टी-२० विश्वकपमा संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानलाई १६१ रनको लक्ष्य दिएको छ।

सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनायो। यूएईका लागि शहेब खानले सर्वाधिक ६८ रन बनाए। ४८ बलको सामना गरेका उनले ४ छक्का र ६ चौका प्रहार गरे।  

त्यस्तै, यूएईका कप्तान मुहम्मद वासिम १० रन बनाएर आउट भए।

अफगानिस्तानका लागि अज्मतुल्लाह उमरजाईले ४ विकेट लिए। यूएईले दिएको लक्ष्य पूरा गर्न अफगानिस्तान जवाफी ब्याटिङमा आइसकेको छ।  

प्रकाशित: ४ फाल्गुन २०८२ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App