१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको चेतावनीः वार्तामार्फत विवाद समाधान नभए अफगानिस्तानसँग ‘खुला युद्ध’ सुरु हुन सक्छ

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले चेतावनी दिएका छन् कि यदि वार्तामार्फत विवाद समाधान भएन भने अफगानिस्तानसँग ‘खुला युद्ध’ सुरु हुन सक्छ। सियालकोट शहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘कतार र टर्की अफगान तालिबानसँग निकै इमानदारीका साथ वार्ता गरिरहेका छन्।’

पाकिस्तानी रक्षा मन्त्रीका अनुसार, कतारमा वार्ता सुरु भएपछि कुनै ठूलो घटना घटेको छैन। आसिफले भने, ‘हामीले तालिबान नेताहरूसँगको वार्तामा महसुस ग¥यौं कि उनीहरू शान्ति चाहन्छन्, तर जस सर्तमा उनीहरू शान्ति चाहन्छन्, ती सर्तहरू विस्तारै स्पष्ट हुँदै जानेछन्।’उनका अनुसार, ‘यदि ती सर्तहरू हाम्रो पक्षमा भए भने सम्झौता निश्चित हुनेछ।’

पाकिस्तान र अफगानिस्तानबीच सीमा तनाव बढिरहेका बेला दोहामा शान्ति सम्झौता भएपछि वार्ताको दोस्रो चरण शनिबार टर्कीको इस्तानबुलमा सम्पन्न भएको हो।

रक्षा मन्त्री आसिफले थपे, ‘हामीले पछिल्ला ४० वर्षदेखि अफगान जनताको मेजबानी गर्दै आएका छौं, र अहिले पनि करिब ४० लाख अफगान नागरिक पाकिस्तानमा बसोबास गरिरहेका छन्। जस नेताहरूसँग हामी दोहामा कुरा गरिरहेका थियौं, तीमध्ये धेरैजसो यहीं पाकिस्तानमै हुर्केका हुन्।’

हालै पाकिस्तान र अफगानिस्तानबीच सीमावर्ती क्षेत्रमा भएका सशस्त्र झडपहरूले समाचारका शीर्षक पाएका थिए। यद्यपि, पछिल्लो रिपोर्ट अनुसार, दुबै पक्षबीच अहिले युद्धविरामको सहमति बनेको छ।एजेन्सी

प्रकाशित: ९ कार्तिक २०८२ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App