१९ कार्तिक २०८२ बुधबार
image/svg+xml ०:२९ पूर्वाह्न
अन्तर्राष्ट्रिय

पाकिस्तान : २४ घण्टामा बाढीले १४६ को ज्यान लियो, धेरै बेपत्ता

पाकिस्तानको खैबर पख्तुनख्वा (केपीके) मा आएको बाढीले विनाश मच्चाउँदा २४ घण्टामा १४६ जनाको मृत्यु भएको छ। त्यहाँको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार धेरै बेपत्ता छन्। 

जुनको अन्त्यदेखि मनसुनी वर्षाले पाकिस्तानभर, विशेष गरी खैबर पख्तुनख्वा र उत्तरी क्षेत्रमा बाढी, पहिरोले ठुलो विनाश भएको छ। पाकिस्तानको डन समाचारका अनुसार मृत्यु हुनेमा १२६ पुरुष, आठ महिला र १२ बालबालिका छन्, जसमध्ये बुनेरमा सबैभन्दा बढी ७८ जनाको मृत्यु भएको छ।  

बुनेरका उपायुक्त काशिफ कयुम खानले भने, ‘धेरै बेपत्ता छन्।’ प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणको प्रतिवेदनले ७५ पुरुष, दुई महिला र एक बच्चाको मृत्यु भएको पुष्टि गरेका छन्।

खैबर पख्तुनख्वा सरकारले उद्धारमा हेलिकप्टर परिचालन गरेको छ। उता, गभर्नर फैसल करीम कुन्डीले आपतकाल घोषणाको सम्भावना भएको भने पनि आधिकारिक घोषणा गरिएको छैन।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बट्टाग्राममा उद्धार कार्य तीव्र बनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री अली अमीन गण्डापुरले बट्टाग्राम र मानसेहराका अधिकारीलाई उद्धार कार्यको निरीक्षण गर्न आदेश दिएको जनाए।

बिहीबार पाकिस्तानको आजाद जम्मू र कश्मीर र गिलगिट-बाल्टिस्तानमा बाढीले १२ भन्दा बढीको ज्यान लिएको थियो। मुजफ्फराबादको सरलीमा पहिरोले एक परिवारका छ जनाले ज्यान गुमाएका थिए। पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ देखि बाढी र वर्षाले १४२ बालबालिकासहित ३२५ जनाको मृत्यु भैसकेको छ। यस अवधिमा ७४३ घाइते भएका छन्। 

प्रकाशित: ३० श्रावण २०८२ १८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App