१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान र अफगान तालिबानबीच ४८ घण्टाको युद्धविराममा सहमति

पाकिस्तानका विदेश मन्त्रालयका अनुसार, तालिबानको अन्तरिम सरकारले गरेको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा गरिएको छ। बीबीसी उर्दूका अनुसार, तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पनि युद्धविरामको पुष्टि गरेका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ कि युद्धविराम आज साँझ ६ बजेबाट लागू भएको छ। यस अवधिमा तालिबानको अन्तरिम सरकारले वार्ताको अनुरोध पनि गरेको छ।

पाकिस्तानको भनाइ अनुसार युद्धविराम अफगान तालिबानको अनुरोधमा लागू गरिएको हो, तर अफगान तालिबानका प्रवक्ताले ‘एक्स’ मा दिएको पोस्टमा भने युद्धविराम पाकिस्तानको अनुरोधमा गरिएको बताएका छन्।

यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानका केही चौकिहरू नष्ट गरेको दाबी गरेको थियो।

पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सले जारी गरेको वक्तव्यमा भनिएको छ कि अक्टोबर १५ को बिहानै अफगान तालिबानले आक्रमण गरेको र त्यसको जवाफी कारबाहीमा १५–२० जना आक्रमणकारी मारिएका थिए। एजेन्सी

प्रकाशित: ३० आश्विन २०८२ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App