२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीपछि तेलको मूल्य बढ्यो : ब्रेन्ट क्रुडको मूल्य ११० डलर नाघ्यो

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बारेमा दिएको चेतावनीपछि सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा तरङ्ग आएको छ।

 ट्रम्पले इरानसँग शान्ति सम्झौताको लागि ‘घडी टिकिरहेको’ बताएका थिए, जसले गर्दा कच्चा तेलको मूल्य लगभग २ प्रतिशत ले बढ्यो।

सोमबार बिहान ७ः३० बजे जिएमटी सम्ममा ब्रेन्ट क्रुड प्रति ब्यारेल ११०.७२ डलर पुगेको छ। यस्तै, अमेरिकी बेन्चमार्क डब्ल्यू क्रुड प्रति ब्यारेल १०७.२८ डलरमा कारोबार भइरहेको छ।

अमेरिका–इजरायल–इरान द्वन्द्व सुरु हुनुभन्दा पहिलेको तुलनामा ब्रेन्ट कच्चा तेलको मूल्य ५० प्रतिशत भन्दा बढीले बढेको छ।

ट्रम्पको भनाइले पश्चिम एसियामा तनाव अझ बढ्न सक्ने बजारको डर बढाएको विश्लेषकहरू बताउँछन्। यसले विश्वव्यापी तेल आपूर्ति प्रभावित हुने जोखिम बढाएको छ।

यदि तेलको मूल्य लामो समयसम्म प्रति ब्यारेल १०० डलरभन्दा माथि रह्यो भने  विश्वव्यापी मुद्रास्फीति र यातायात लागतमा दबाब बढाउन सक्ने विज्ञहरूको भनाइ छ।

प्रकाशित: ४ जेष्ठ २०८३ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App