३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शर्तहरु पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान

इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्तहरु पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन्।

इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान छिटो सम्झौता गर्न चाहेको र वासिङ्टनले वार्ता पुनः सुरु गर्न सक्ने दाबी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा सामाजिक सञ्जाल एक्सको एक पोस्टमा टिप्पणी गर्दै यस्तो बताएका हुन्।

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानले सम्झौताको गाम्भिर्यता नहेरी चाँडै सम्झौता गर्न चाहेको उल्लेख गर्दै आवाश्यक वातावरण मिलाउने र यो अवधारणाको लागि आफहरु सँधै खुला रहेको उल्लेख गरेका थिए।

अमेरिकी राष्ट्रपतिको मिश्रित सङ्केतहरूबाट विचलित नहुनु आग्रह गर्दै रेजाईले कुनै वार्ताको तयारी नभएको उल्लेख गर्दै आफुहरु छलफलका लागि तयार भए पनि जलमार्ग वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताए।

उनी इरानका सर्तहरू पूरा नभएसम्म कुनै वार्ता नहने विषयमा जोड दिए। गत जुन –१८ मा, संयुक्त राज्य अमेरिका र इरानले लेबनानसहित सबै क्षेत्रमा युद्ध अन्त्य गर्न समझदारी ज्ञापन पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए।

एमओयू अन्तर्गत, उनीहरूले अन्तिम सम्झौतामा पुग्न ६० दिनको अवधिमा वार्ता गर्ने तालिका तय गरिएको थियो। जुन अगस्ट –१७ मा समाप्त भयो, तर दुई देशहरू बीच हालैको तनावको शृंखला बढेपछि वार्ताको प्रक्रिया ठप्प भएको छ। सिन्ह्वा

प्रकाशित: ३० भाद्र २०८३ १९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App