न्यूयोर्कका नव निर्वाचित मेयर जोहरन ममदानीले पहिलो दिनमै ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट ‘लालिगुरास बिस्ट्रो’मा पुगेर ‘मःमः मिटिङ’ गरेका छन्। ३४ वर्षीय जोहरन ममदानी विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्कको मेयर निर्वाचित भएपछि चर्चामा छन्।
रेस्टुरेन्टमा उनीसँगै न्यूयोर्ककी चर्चित नेतृ तथा उनका समर्थक एलेक्जान्द्रिया ओकासियो–कोर्टेज (एओसी) पनि सहभागी थिइन्। समाचारमा उनीहरुले मःमः र साँधेको आलु चाखेको उल्ले छ । त्यहाँ उनी मःम, चाउमिन, आलु र दूधको चियामा रमाइरहेको देखिएका छन्। आफ्नो एक्स अकाउन्टबाट उनले नेपाली रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिरसाझा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई हराउन भरमग्धुर प्रयत्न गरे पनि चुनाव जितेर ममदानी अहिले संसारभर चर्चामा छन्।अमेरिकामा उनी पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका छन्।
प्रकाशित: २० कार्तिक २०८२ ०८:१७ बिहीबार





