२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी मध्यस्थतामा इजरायल-सिरियाबिच युद्धविराम

अमेरिकाले इजरायल र सिरियाबिच युद्धविराम सम्झौता भएको जनाएको छ। टर्कीका लागि अमेरिकी राजदूतले यो जानकारी दिएका हुन्। 

विगत केही दिनदेखि दक्षिणी सिरियाको सुवैदा सहर नजिकै दुई पक्षबिच झडप भइरहेको थियो। आइतबारदेखि त्यहाँ भएको हिंसामा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

यस हप्ता इजरायलले दमास्कसमा हवाई आक्रमण गरेको थियो। साथै, इजरायलले सिरियाको दक्षिणी क्षेत्रमा सरकारी सेनामाथि पनि आक्रमण गरेको थियो। 

इजरायलले आफ्नो उद्देश्य सिरियाली ड्रुज समुदायको सुरक्षा गर्नु रहेको बताएको छ। 

यसैबिच, सिरियाली राष्ट्रपतिको कार्यालयले देशको दक्षिणी क्षेत्रमा घुमन्ते र ड्रुज लडाकुहरूबिचको साम्प्रदायिक झडप नियन्त्रण गर्न नयाँ सेना तैनाथ गर्ने जनाएको छ।

अमेरिकी विशेष दूत टम ब्यारकले यो सम्झौतामा टर्की, जोर्डन र अन्य छिमेकी देशहरूको समर्थन रहेको बताएका छन्। 

इजरायलले आफ्नो हस्तक्षेपको कारण ड्रुज समुदायको सुरक्षा र सीमामा खतरा रोक्नु रहेको दाबी गरेको छ। यद्यपि, सिरियाली सरकारले इजरायली आक्रमणलाई ‘आक्रामक’ र ‘संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन’ भन्दै निन्दा गरेको छ। एजेन्सी

प्रकाशित: ३ श्रावण २०८२ ११:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App