१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान युद्ध जारी रहे गम्भीर परिणाम भोग्नुपर्नेछः मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरानसँग अमेरिका–इजरायल युद्ध जारी रह्यो भने यसको परिमाण प्रतिकूल हुने बताएका छन्।  

मंगलबार राज्यसभामा मध्यपूर्व द्वन्दबारे २१ मिनेट बोल्दै मोदीले आगामी समय देशको लागि ठूलो परीक्षा हुने बताएका छन्।

व्यापार मार्गहरू प्रभावित भएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘हाम्रा जहाजहरू र भारतीय चालक दलहरू होर्मुजको मार्गमा फसेका छन्। यो चिन्ताजनक छ। हाम्रा व्यापार मार्गहरू प्रभावित भइरहेका छन्। ग्यास, तेल र मल जस्ता आवश्यक वस्तुहरूको आपूर्ति प्रभावित भएको छ।’

यस्तै, मोदीले विश्वमा यस युद्धले सिर्जना गरेको कठिन परिस्थितिको दीर्घकालीन प्रभाव पर्ने सम्भावना रहेको बताए।  

कोभिड–१९ महामारीको समयमा एकताका साथ चुनौतीहरूको सामना गरेको स्मरण गर्दै उनले आगमी दिनमा पनि एकजुट हुनुपर्ने बताए। उनले भने, ‘कोभिडको समयमा विभिन्न क्षेत्रहरूलाई सम्बोधन गर्न अधिकार सम्पन्न अधिकारीहरूको समूह गठन गरिएको थियो, त्यसरी नै हिजो सात अधिकार सम्पन्न समूह गठन गरिएको छ। यी समूहहरूले आपूर्ति शृङ्खला, पेट्रोल–डिजेल, मल, ग्यास र मुद्रास्फीति जस्ता मुद्दाहरूमा द्रुत र दीर्घकालीन रणनीति अन्तर्गत कार्य गर्नेछन्।’

यस्तै मोदीले व्यावसायिक जहाजहरूमा आक्रमण र होर्मुजको जलमार्गहरू अवरुद्ध गर्नु अस्वीकार्य रहेको बताउदै भारतले ढुवानीको निरन्तर प्रवाह सुनिश्चित गर्न कूटनीति मार्फत काम गरिरहेको बताए।

प्रकाशित: १० चैत्र २०८२ १८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App