२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत : उपराष्ट्रपति निर्वाचनको तालिका जारी

भारतमा उपराष्ट्रपति निर्वाचन सेप्टेम्बर ९ मा हुने भएको छ। मनोनयन अगस्ट २१ सम्म दर्ता गर्न सकिने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। जगदीप धनखडले जुलाई २१ मा उपराष्ट्रपति पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति द्रौपदी मुर्मुले जुलाई २२ मा उनको राजीनामा स्वीकृत गरेकी थिइन्। 

धनखरको कार्यकाल अगस्ट १०, २०२७ सम्म थियो। निर्वाचन प्रक्रिया ६ चरणमा सम्पन्न हुने जनाइएको छ। पहिलो, लोकसभा र राज्यसभाका सबै सांसद मिलेर निर्वाचन मण्डल गठन गर्नेछन्। दोस्रो, निर्वाचन आयोगले मनोनयन, मतदान र नतिजाको मिति घोषणा गर्नेछ। तेस्रो, उम्मेदवारले २० प्रस्तावक र २० समर्थक सांसदको हस्ताक्षरसहित मनोनयन दर्ता गर्नुपर्छ। चौथो, सांसदहरूबिच सीमित क्षेत्रमा प्रचार हुनेछ। पाँचौँ चरणमा सांसदले प्राथमिकता क्रममा मतपत्रमा मत दिन्छन्। छैटौँ, साधारण बहुमत प्राप्त उम्मेदवार विजयी हुन्छन् र निर्वाचन अधिकृतले नतिजा घोषणा गर्छन्। 

लोकसभामा सत्तारुढ एनडीएका २९३, विपक्षी इन्डिया गठबन्धनका २३४ सांसद छन्। राज्यसभामा एनडीएलाई १३०, इन्डिया गठबन्धनलाई ७९ सांसदको समर्थन छ। समग्रमा एनडीएलाई ४२३, इन्डिया गठबन्धनलाई ३१३ सांसदको समर्थन छ। बाँकी सांसद कुनै खेमामा छैनन्। भारत गठबन्धनले संयुक्त उम्मेदवार उठाउन सक्ने अडकल भइरहेको छ। 

प्रकाशित: १६ श्रावण २०८२ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App