१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीपछि भारत-चीनलाई नेटोको धम्की : पुटिनलाई नरोके सय प्रतिशत कर लाग्नेछ

नेटोले भारत, चीन र ब्राजिलमाथि सय प्रतिशत कर लगाउने धम्की दिएको छ। नेटो महासचिव मार्क रुटले बुधबार भने, ‘यदि तपाईं चीनको राष्ट्रपति, भारतको प्रधानमन्त्री वा ब्राजिलको राष्ट्रपति हो भने, तपाईंले बुझ्नुपर्छ कि रूससँग व्यापार गर्दा ठूलो नोक्सान हुन सक्छ।’

बुधबार अमेरिकी सिनेटरहरूसँग भेटेपछि पत्रकारहरूसँग कुरा गर्दै रुटले भने, ‘तीन देशले शान्ति वार्तालाई गम्भीरतापूर्वक लिई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब दिनुपर्छ।’

रुटले तीन देशमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउने धम्की पनि दिए। उनले भने, ‘यदि यी देशले रूसबाट तेल र ग्यास किन्ने काम जारी राखे भने सय प्रतिशत दोस्रो चरणको प्रतिबन्ध लगाइनेछ।’

यसैबिच, रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले अमेरिका र नेटोको धम्कीलाई अस्वीकार गरेका छन्। उनले भने, ‘रूस ट्रम्पसँग वार्ता गर्न तयार छ, तर यस्ता अल्टिमेटम स्वीकार्य छैनन्।’

र्याबकोभले थप भने, ‘आर्थिक दबाबको बावजुद रूसले आफ्नो नीति परिवर्तन गर्दैन र वैकल्पिक व्यापारिक मार्ग खोज्नेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रूसका व्यापारिक साझेदारमाथि भारी कर लगाउने घोषणा गरेको बेला नेटो महासचिवको यो चेतावनी आएको हो।

अमेरिकाले अब युक्रेनलाई प्याट्रियट मिसाइलजस्ता आधुनिक हतियार दिनेछ ताकि उसले रुसी आक्रमणबाट आफूलाई बचाउन सकोस्।

दोस्रो प्रतिबन्धहरू प्रतिबन्धित देशमाथि सिधै लगाइँदैन। तर त्यससँग व्यापार गर्ने देश वा कम्पनीमाथि लगाइन्छ।

सोमबार ट्रम्पले युक्रेनसँगको युद्ध अन्त्य गर्न रूसमाथि दबाब दिन भारी शुल्क लगाउने धम्की दिएका थिए। ट्रम्पले भनेका थिए, ‘म धेरै कुराका लागि व्यापार प्रयोग गर्छु, तर यो युद्ध अन्त्य गर्न धेरै राम्रो छ।’

ट्रम्पले भने, ‘यदि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेनन् भने उनमाथि सय प्रतिशत कर लगाइनेछ।’ ट्रम्पले अगाडि भने, ‘यो “दोस्रो कर” हुनेछ, जसको अर्थ भारत र चीनजस्ता रूसबाट तेल किन्ने देशमाथि पनि प्रतिबन्ध लगाइनेछ।’ एजेन्सी

प्रकाशित: ३२ असार २०८२ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App