खानाको खोजीमा गाजामा सहायता केन्द्रमा गएका कम्तीमा ३२ प्यालेस्टिनी इजरायली गोलीबारीमा मारिएका छन्। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको छ।
दक्षिणी गाजाको खान युनिस र रफाह नजिकै दुई राहत वितरण केन्द्र नजिकै आक्रमण भएको थियो।
स्वास्थ्य मन्त्रालयले अमेरिका र इजरायली समर्थित गाजा मानवीय फाउन्डेसनका दुई केन्द्र नजिक इजरायली गोलीबारीमा धेरै जना घाइते भएको बताएको छ।
फाउन्डेसनले आफ्ना केन्द्रमा वा वरपर कुनै घटना नभएको बताए पनि, केन्द्र खोल्नुभन्दा केही घण्टा अघि ‘इजरायली सेनाको गतिविधि’ भएको थियो।
एक प्रत्यक्षदर्शीले समाचार एजेन्सीलाई बताएअनुसार इजरायली गोलीबारी ‘मार्नका लागि गरिएको थियो’।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर २०२३ देखि गाजामा इजरायली आक्रमणमा ५८ हजारभन्दा बढी मानिस मारिएका छन्। एजेन्सी
प्रकाशित: ४ श्रावण २०८२ ०७:०३ आइतबार





