२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव : विश्व बजारमा तेलको मूल्य बढ्यो

इरान र अमेरिका-इजरायलबिचको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सोमबार बिहान एसियाली बजार खुल्नासाथ कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको हो।

ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल करिब ७९ अमेरिकी डलरदेखि ८० को आसपास पुगेको छ। यो शुक्रबारको तुलनामा झण्डै ८ प्रतिशतले बढी हो।

आक्रमणको असरले टोकियो र अष्ट्रेलियाको सेयर बजारमा पनि भारी गिरावट आएको छ। होर्मुज जलडमरूमा रहेका दुई जहाजसहित क्षेत्रभरि भएका आक्रमणले तेल निर्यातमा बाधा पुर्‍याएको व्यापारीहरूले दाबी गरेका छन्।

इरान र अमेरिका-इजरायलबिच द्वन्द्व जारी छ। द्वन्द्व बढ्दै जाँदा आगामी दिनमा तेल र पेट्रोलको मूल्य अझै बढ्ने देखिएको छ। शनिबार बिहान भएको आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी, सेना प्रमुख अब्दुल रहीम मौसावी र रक्षामन्त्री मेजर जनरल अजिज नासिरजादेह मारिएको बताइएको छ।

प्रकाशित: १८ फाल्गुन २०८२ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App