हमासको सैन्य शाखाले आज रिहा हुने तयारीमा रहेका २० जीवित बन्धकहरूको नाम प्रकाशित गरेको छ। यो अघिल्ला बन्धकहरूको रिहाइ जस्तै कदम हो।
सूचीमा ती २० जना बन्धकहरू पनि समावेश छन् जसको नाम पहिले नै वार्ताको भागको रूपमा इजरायललाई दिइएको थियो र जसलाई जीवित बन्धकहरूलाई समेट्ने सम्झौताको भागको रूपमा रिहा गर्ने पुष्टि गरिएको थियो।
टाईम्स अब ईज्रायलले छापेको उक्त समाचारका अनुसार समूहमा अपहरणमा परेका नेपाली नागरिक बिपिन जोशी र सैनिक तमिर निमरोदीरको नाम समावेश गरिएको छैन। उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।
आज रिहा हुँदै गरेका २० जीवित बन्धकहरू:
एलकाना बोहबोट, मातान आङ्ग्रेस्ट, अविनाटन ओर, योसेफ-हैम ओहाना, एलोन ओहेल, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, रोम ब्रास्लाभस्की, गाली बर्मन, जिभ बर्मन, एटान मोर, सेगेभ काल्फन, निमरोड कोहेन, म्याक्सिम हर्किन, एटान हर्न, मातान जाङ्गाउकर, बार कुपर्श्टेन, डेभिड कुनियो, एरियल कुनियो, ओम्री मिरान।
प्रकाशित: २७ आश्विन २०८२ ११:०४ सोमबार





