बुधबार गाजामा इजरायली आक्रमणमा परी कम्तीमा ७३ प्यालेस्टिनीको मृत्यु भएको छ । जसमा गाजा सहरमा मात्र कम्तीमा ४३ जनाको मृत्यु भएको छ । हमासले गाजा सञ्चालन गर्न स्वतन्त्र राष्ट्रिय प्रशासन गठन गर्न सहमत भएको र एक व्यापक युद्ध विराम सम्झौताको लागि तयार रहेको बताएको छ, जसमा सबै इजरायली बन्दीहरूलाई रिहा गरिनेछ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासको भनाइलाई अस्वीकार गर्दै इजरायली मन्त्रिपरिषद्ले तोकेको सर्तमा युद्ध तुरुन्तै समाप्त हुनसक्ने बताएको छ ।
अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि, गाजामा कम्तीमा ६३,७४६ जना मारिएका छन् भने १६१,२४५ जना घाइते भएका छन्। अक्टोबर ७ मा भएको आक्रमणमा इजरायलमा कुल १,१३९ जना मारिएका थिए भने लगभग २०० जनालाई बन्धक बनाइएको थियो।
प्रकाशित: १९ भाद्र २०८२ १३:५७ बिहीबार




