२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मडागास्करमा जेन–जी आन्दोलनः २२ जनाको मृत्यु, सरकार विघटन

नेपालपछि जेन–जी पुस्ताको आन्दोलनले मडागास्करको सत्ता हल्लाएको छ। अफ्रिकी महादेश नजिकै टापुका रूपमा रहेको मडागास्करका युवा बिजुली र पानीको अभावविरुद्ध सडकमा उत्रिएका थिए।  

तीन दिन लामो समय चलेको आन्दोलनमा २२ जनाको मृत्यु र सयौं घाइते भएपछि मडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार सोमबार

सरकार विघटन गर्ने घोषणा गरेका छन्। २५ सेप्टेम्बरमा राजधानी एन्टानानारिभोमा शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन विस्तारै हिंसात्मक बन्न थालेको थियो। त्यसपछि सरकारले राजधानीमा साँझदेखि बिहानसम्म कफ्र्यू लगाउने गरेको थियो। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले आश्रुग्यास र रबरका गोली प्रयोग गरेको थियो। जसमा २२ जनाको मृत्यु भएको जनाइएको छ।

प्रदर्शनकारीले टायर बालेर सडक अवरोध गरेका थिए। यस्तै विभिन्न व्यापारिक प्रतिष्ठानमा पनि लुटपाटका खबर छन्।  यस्तै केबलकारका धेरै स्टेसनहरूमा आगजनी गरिएको छ।  

त्यहाँ पनि नेपालजस्तै नेताका घरमा आगजनी गरिएको छ। राष्ट्रपति रजोएलिनाका नजिकका तीन नेताहरूको निवासमा पनि आक्रमण र आगजनी गरिएको समाचार छन्। संयुक्त राष्ट्रसंघका अनुसार प्रदर्शनमा घुसपैठ भएको छ। लुटपाट र आगजनीमा अपराधिक समूह प्रवेश भएको बताइएको छ।  

आन्दोलन हिंसात्मक र अवस्था अनियन्त्रित बन्दै जान थालेपछि राष्ट्रपति रजोएलिनाले सरकार  विघटनको घोषणा गरेका हुन्।  

राष्ट्रपति रजोएलिनाले सन् २०२३ मा आफू पुनःनिर्वाचित भएपछिको सबैभन्दा  गम्भीर चुनौती मानेका छन्। सोमबार उनले सरकारका सदस्यहरूले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेकामा माफी माग्दै विघटन गरेको बताएका छन्।

राष्ट्रपतिले लुटपाटबाट प्रभावित व्यवसायहरूलाई सहयोग दिनेदेखि युवाहरूसँग संवाद गर्ने प्रस्ताव राखे राखेका छन्।  

प्रकाशित: १४ आश्विन २०८२ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App