२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसबाट खतरा बढेको आशंकामा फ्रान्सले सेना सम्बन्धी यस्तो कदम चाल्यो

रूसबाट सम्भावित खतरा देखेर फ्रान्सले सीमित रूपमा सैनिक सेवा पुनः सुरु गर्ने निर्णय गरेको छ। फ्रान्सले झन्डै साडे दुई दशकअघि सेना सेवामा सहभागी हुन बाध्यकारी बनाउने ‘कन्स्क्रिप्शन’ प्रणाली समाप्त गरेको थियो।

अब भने अर्को वर्षको गर्मी यामदेखि चरणबद्ध रूपमा नयाँ ‘नेशनल सर्भिस’ लागू गर्न फ्रान्सेली सरकार तयारीमा छ। यस नयाँ योजनाअन्तर्गत युवाहरू—मुख्यतः १८–१९ वर्षका केटा–केटी—ले १० महिना सेना सेवामा बिताउनुपर्नेछ। यसको लागि उनीहरूलाई कम्तीमा ७०० डलर (झण्डै ६२ हजार रुपैयाँ) मासिक भत्ता दिइनेछ।

दक्षिण–पूर्वी फ्रान्सको ग्रेनोबल नजिक रहेको एउटा सैनिक बेसमा यो घोषणा गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोंले भने, ‘खतराबाट जोगिनको एक मात्र तरिका भनेको त्यसका लागि तयार हुनु हो।’

आउँदो वर्षका लागि सहभागी संख्या ३,००० मा सीमित हुनेछ, तर २०३५ सम्म यसलाई बढाएर ५०,००० पु-याउने लक्ष्य छ।

हाल फ्रान्सको सेनामा करिब दुई लाख स्थायी सैनिक र ४७ हजार रिजर्भ रहेका छन्। युरोपियन देशहरूले पनि रूसको आक्रामकता बढ्दै गएको भन्दै यस्तै कदम चाल्दै आएका बेला फ्रान्सको यो निर्णय आएको हो।

यसअघि बेल्जियम र नेदरल्यान्ड्सले स्वेच्छिक सैनिक सेवा सुरु गरिसकेका छन्। जर्मनीले पनि यस्तै योजना बनाइरहेको छ। एजेन्सी

प्रकाशित: १२ मंसिर २०८२ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App