२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल, विद्रोह र हत्या योजना बनाएको खुलासा

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ। उनी विद्रोहको षड्यन्त्र रच्नुका साथै आफ्ना वामपन्थी प्रतिद्वन्द्वी एवं वर्तमान राष्ट्रपति लुला दा सिल्भाको हत्या गर्ने योजना बनाएको आरोपमा दोषी ठहरिएका हुन्।

न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भने, ‘मुद्दाको अन्तिम निर्णय भइसकेको छ, अब पुनरावेदन हुन सक्दैन।’ अब ७० वर्षीय बोल्सोनारोले राजधानी ब्रासिलियाको जेलमा सजाय भोग्न थाल्नेछन्। उनी शनिबारदेखि हिरासतमा छन्।

घरमै नजरबन्दमा रहँदा निगरानी यन्त्र हटाएपछि उनी पक्राउ परेका थिए। पछि उनले यन्त्र खोल्ने प्रयास गरेको स्वीकार गरे पनि भाग्ने मनसाय नरहेको बताएका थिए। न्यायाधीश मोरेसले बोल्सोनारोको स्वास्थ्यलाई ध्यानमा राख्दै उनलाई पूर्णकालीन चिकित्सा हेरचाहको व्यवस्था गर्न आदेश दिएका छन्। एजेन्सीको सहयोगमा 

प्रकाशित: १० मंसिर २०८२ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App