१५ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अल जजिराका पाँच पत्रकार इजरायली आक्रमणमा मारिए

अल–जजिराका पत्रकार अनस अल–शरीफ गाजा सिटीमा पत्रकारहरू बस्ने टेन्टमा भएको  इजरायली आक्रमणमा चार सहकर्मीहरूसँगै मारिएका छन्। आइतबार साँझ गाजा सिटीको अल–शिफा अस्पतालको मुख्य गेट बाहिर रहेको टेन्टमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको छ। मृतकमध्ये अल–जजिरा संवाददाता मोहम्मद कुरैके, क्यामेरा अपरेटर इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलीवा रहेका छन्।

२८ वर्षीय अल–शरीफ, जो उत्तरी गाजाबाट  रिपोर्टिङ गर्ने प्रसिद्ध अल–जजिरा अरबीका संवाददाता थिए।  मारिनु केही क्षणअघि मात्र एक्स मा लेखेका थिए कि इजरायलले गाजा सिटीको पूर्वी र दक्षिणी भागमा ‘फायर बेल्ट’ भनिने तीव्र र केन्द्रित बमबारी थालेको छ।

उनको अन्तिम भिडियोमा, अँध्यारो आकाशमा सुन्तला रंगको उज्यालो चम्किँदा इजरायली तीव्र मिसाइल आक्रमणका ठूलो आवाजहरू सुन्न सकिन्छ। अल–जजिरा मिडिया नेटवर्कले विज्ञप्ति जारी गर्दै यी हत्या ‘पत्रकारिता स्वतन्त्रतामाथिको अर्को स्पष्ट र पूर्वनियोजित आक्रमण’ भएको जनाएको छ।

‘यो आक्रमण गाजामाथि जारी इजरायली आक्रमणको विनाशकारी परिणामबीच आएको हो, जसमा नागरिकहरूको निरन्तर हत्या जबरजस्ती भोकमरी र सम्पूर्ण समुदायको उन्मूलन देखिएको छ,’ नेटवर्कले भनेको छ।‘गाजाका साहसी पत्रकारमध्ये एक अनस अल–शरीफ र उनका सहकर्मीहरूको हत्या गर्ने आदेश, गाजाको कब्जा र अधिग्रहणलाई उजागर गर्ने आवाजहरूलाई मौन पार्ने निराश प्रयास हो,’ विज्ञप्तिमा भनिएको छ।

अल–शरीफको योजनाबद्ध हत्या पुष्टि गर्दै इजरायली सेनाले उनलाई हमासको एक सेलको नेतृत्व गर्ने र ‘इजरायली नागरिक र सैनिकमाथि रकेट आक्रमण अघि बढाउने’आरोप लगाउँदै आएको थियो।  तर युरो–मेड ह्युमन राइट्स मोनिटरका विश्लेषक मुहम्मद शहादाले भने, ‘अल–शरीफले कुनै युद्ध गतिविधिमा संलग्न भएको शून्य प्रमाण छ।’

प्रकाशित: २६ श्रावण २०८२ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App