१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेशियाको राजधानी जाकार्तामा आगलागी, २२ जनाको मृत्यु

इन्डोनेशियाको राजधानी जाकार्तास्थित एक भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। साततले भवनमा मंगलबार दिउँसो आगो लागेको थियो। सहरका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कोंड्रोका अनुसार आगलागी हुँदा केही कर्मचारीहरू मध्याह्नको खाना खाइरहेका थिए।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले पत्ता लगाएको छ कि पहिलो तलामा ब्याट्री विस्फोट हुँदा आगो शुरु भयो र त्यसपछि माथिल्लो तल्लातिर फैलिँदै गयो। यो भवन ड्रोन निर्माण गर्ने एक कम्पनीको हो। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा अधिकांश महिला छन्, जसमा एक गर्भवती महिला पनि थिइन्। धेरैजसो मानिसहरूको मृत्यु धुवाँका कारण भएको आशंका छ।

राहत तथा उद्धारका लागि फायर ब्रिगेडले २८ वटा सवारी साधन र करिब १०० जना दमकलकर्मी परिचालन गरेको थियो।यद्यपि आगो नियन्त्रणमा लिइसकिएको छ र उद्धार टोलीहरू अब माथिल्ला तल्लाहरूमा खोजी अभियान चलािरहेका छन्। एजेन्सी

प्रकाशित: २४ मंसिर २०८२ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App