१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको विषयमा बहस हुँदा बुबाले गरे छोरीको हत्या !

अमेरिकामा बिदा मनाउने क्रममा बेलायतको वारिङ्टनकी २३ वर्षीया महिलालाई उनका बुबाले गोली हानी हत्या गरेको पाइएको छ। लुसी ह्यारिसन जनवरी १०, २०२५ मा टेक्सासको प्रोस्परमा आफ्ना बुबा क्रिस ह्यारिसनलाई भेट्न जाँदा मारिएकी थिइन्।

बेलायतको अनुसन्धानबाट प्राप्त रिपोर्ट अनुसार लुसी र उनका बुबाबीच घटनाको बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महिला अधिकारको बारेमा चर्को बहस भएको थियो। उनका प्रेमी साम लिटलरले बयान दिए अनुसार लुसीका बुबाले यौन दुर्व्यवहारको आरोपको बारेमा अस्वीकार गर्ने टिप्पणी गरेपछि उनी निराश भएकी थिइन्।

प्रेमीले आफूहरु विमानस्थल जानुभन्दा केही समय अगाडि क्रिस ह्यारिसनले लुसीलाई आफ्नो ग्लक ९ एमएम पेस्तोल देखाउन आफ्नो कोठामा बोलाएका थिए। त्यही क्षणमा गोली चलेको सुनियो। उनका अनुसार लुसीको छातीमा गोली लागेको थियो। पछि उनको मृत्यु भयो।

क्रिस ह्यारिसनले बन्दुकलाई केसबाट हटाउने क्रममा गल्तीले पड्किएको दाबी गरेका छन्। यद्यपि उनले सुरुमा रक्सी पिएको कुरा अस्वीकार गरेका थिए। तर बेलायतको पछि चेशायर कोरोनरको अदालतमा स्वीकार गरे। उनले अदालतमा आफू पुन: कुलतमा फसेको भनेका छन्। त्यो बिहान लगभग ५०० मिलीलीटर सेतो वाइन सेवन गरेका थिए।

अमेरिकामा टेक्सास प्रहरीले घटनालाई ‘आपराधिक लापरवाहीपूर्ण हत्या’को रूपमा अनुसन्धान गर्‍यो। तर जुन २०२५ मा, कोलिन काउन्टीको ग्रान्ड जूरीले उनलाई अभियोग लगाउन अस्वीकार गर्‍यो। फलस्वरूप अमेरिकामा कुनै औपचारिक आपराधिक आरोपहरू दायर भएनन्। 

मुद्दा हाल बेलायतमा अनुसन्धान समाप्त भइरहेको छ, जहाँ आज (बुधबार) फैसला हुने अपेक्षा गरिएको छ। एजेन्सी 

प्रकाशित: २८ माघ २०८२ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App