२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ २’ को छायांकन ६३ दिनमा प्याकअप

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘झिँगेदाउ २’ को छायांकन ६३ दिनमा सकिएको छ। बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै सिनेमाको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको हो।

निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा गत मंसिरमा छायांकन निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढी समय लागेको छ।

पहिलो भागको सफलता मर्न नदिन र दोस्रो भागलाई अझ त्योभन्दा उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी खिचेकाले एउटा राम्रो सिनेमा दर्शकले हेर्न पाउने विश्वास निर्देशक ज्ञानेन्द्रको छ।

अर्को वर्षको दशैंमा रिलिज हुने सिनेमाको अबको केही दिनमा पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ। काभ्रेको पनौतीबाट छायांकन सुरु भएको सिनेमाको त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र छायांकन गरिएको हो।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, वसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभयराज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ।

निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा इशवर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन्।

विष्णु घिमिरे ‘कल्पित’ को छायांकन रहने सिनेमाको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्।

प्रकाशित: १ फाल्गुन २०८२ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App